काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।
बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डाटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने कारण शुक्रबार राति ११ बजेदेखि ११.३० बजेसम्म र शनिबार (जेठ २६गते) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
बैंकले सूचना जारी गरी उक्त समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने जनाएको छ ।