skip this News Page Tips Ad Road Block

कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरेर रचे कीर्तिमान

१० दिनमै आफ्नै रेकर्ड तोडे

काठमाडौं । कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । कामीरिता बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । यस वर्षको जारी आरोहणमा कामीरिताले यो सँगै दुई पटक सफल आरोहण गरेका हुन् ।

यसअघि उनले १० दिन अघिमात्रै २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सबैभन्दा धेरै आरोहणको किर्तिमानी राख्ने आरोही कामीरिता शेर्पा बनेका छन् । ३० औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताले २८ औं पटकको रेकर्ड बनाएका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

कामीरितापछि धेरै आरोहण गर्नेमा पासाङ दावा शेर्पा छन् । उनले २७ पटक सगरमाथा आरोहण गरेका छन् ।

 

Health Tips Ad Road Block