Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरेर रचे कीर्तिमान

१० दिनमै आफ्नै रेकर्ड तोडे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । कामीरिता बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । यस वर्षको जारी आरोहणमा कामीरिताले यो सँगै दुई पटक सफल आरोहण गरेका हुन् ।

यसअघि उनले १० दिन अघिमात्रै २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सबैभन्दा धेरै आरोहणको किर्तिमानी राख्ने आरोही कामीरिता शेर्पा बनेका छन् । ३० औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताले २८ औं पटकको रेकर्ड बनाएका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

कामीरितापछि धेरै आरोहण गर्नेमा पासाङ दावा शेर्पा छन् । उनले २७ पटक सगरमाथा आरोहण गरेका छन् ।

 

Health Tips Ad Road Block