skip this News Page Tips Ad Road Block

शेरबहादुर देउवालाई रविको प्रश्नः प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई गरेको प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

आइतबार संसदमा नेपाली काँग्रेसले उठाएको सहकारीको रकम हिनामिनाबारे जवाफ दिँदै गृहमन्त्री लामिछानेले सहकारीका विभिन्न विषयमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै यस्तो प्रश्न गरेका हुन् । संसदमा आफ्नो भनाइ राख्दै र्गहमन्त्री लामिछानेले भने, ‘अफर गर्नेहरुले कान रातो पार्नुपर्दैन ।राजनीतिमा गोपनियतालाई ख्याल राख्ने मान्छे हो । केही गोपनियता अवश्य पनि राखौंला । तर मेरो प्रश्न छ ।

हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीकारुपमा स्विकार गर्ने अफरको डेट एक्स्पाएर भयो कि अझै बाँकी छ । त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला । यो कुराको जवाफ यही सदनमा उभिएर काँग्रेस सभापतिज्यूले दिइदिनुभयो भने मेरा लागि कल्याण हुनेछ । ’

लामिछानेले थप्दै भने, ‘उहाँले असाध्यै मान्ने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु । त्यही घटालथानलाई सम्भिएर भने हुन्छ कि मेरा लागि त्यो अफर आएको थियो कि थिएन ? त्यो भन्दा धेरै म केही पनि भन्न चाहन्न ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले भने,‘यदि मैले नैतिकताको परीक्षा दिनुपर्दछ भने यो कुरा नैतिकताको विषय हो कि होइन ? राति प्रधानमन्त्रीको अफर अनि अफर अस्विकार गरेपछि भोलिपल्ट सदन अवरुद्ध र संसदीय समितिको माग । यो राजनीतिको नैतिकताको कुन चाँही किताबको कुन चाँही पृष्ठमा पर्दछ । बस् यती एउटा प्रश्नको जवाफ म यो सदनबाट उभिएर सालिनतापूर्वक माग्न चाहन्छु ।’

Health Tips Ad Road Block