skip this News Page Tips Ad Road Block

शेयर बजार किन यस्तो भयो ? अर्थभन्त्रीले राष्ट्र बैंकसँग कुरा गर्दै

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारको सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएका भएका छन्। आगामी सातामा उनले शेयर बजारको विषयमा केन्द्रीय बैंकसँग कुरा गर्न लागेका हुन् ।

छलफलमा शेयर बजारलाई सहयोग पुर्याउने र समग्र अर्थतन्त्र चलायमान गराउन चाल्नुपर्ने कदम र सहयोगबारे कुरा हुने पुनले उद्योगीमाझ बताएका छन् ।

बजेट लेखनकाक्रममा शेयर बजारलाई सहयोग पुग्ने विषयवस्तु छलफल गरेरै लेख्न खोजिएको उनको भनाइ रहेको छ । बजेट र मौद्रिक नीतिको एकै स्वर र एकै विषय समेट्ने योजनाअनुरुप अर्थमन्त्रीले राष्ट्र बैंकसँग कुरा गर्न लागेका हुन् ।

 

Health Tips Ad Road Block