Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सत्याग्रहीको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाडौंमा अनशनरत सामूहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाडौंस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले सत्याग्रहीको माग र शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता र समर्थन रहेको पनि बताएको छ । सत्याग्रहीहरु स्वदेशमै काम गरेर खान देउ, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न देउ भन्ने नाराका साथ १८ बुँदे माग राखेर विगत १० दिनदेखि आमरण अनशन बसिरहेका छन् । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उनीहरुको आन्दोलनप्रति सरकारले वेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ ।

महासंघले आन्दोलनकारीका मागप्रति राज्य समयमै गम्भीर बन्दै आपसी सहमतिको आधारमा मागको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । साथै समयमै माग सम्बोधनगरी अनशनकारीको जीवन रक्षा गर्न सरकारसँग अनुरोध गरिएको छ ।

Health Tips Ad Road Block