skip this News Page Tips Ad Road Block

सन्दीप लामिछानेले पाए सफाइ, उच्चले उल्ट्याइदियो जिल्ला अदालतको फैसला

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नाबालिक बलात्कारको मुद्दामा सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले गत पुसमा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

Health Tips Ad Road Block