ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री बन्ने दाउ हान्दाहान्दै मन्त्री पद नै संकटमा, माधव नेपाल एकाएक झस्किए

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । पूर्व प्रधानमन्त्री बनिसकेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले आफू पुनः प्रधानमन्त्री बन्नसक्ने भन्दै मुख मिठ्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रमबाटे घुर्क्याइरहेका थिए । जनता र देशलाई जेसुकै होस् आफू प्रधानमन्त्री बन्ने दाउमा थिए नेपाल ।

त्यतिमात्रै होइन उपप्रधानमन्त्री लिएर सत्तामा पुगेका जसपा अध्यक्ष उपेन्द्र यादव पनि आलोपालो प्रधानमन्त्री बन्ने दौडमा थिए । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल र यादबबीच भित्रभित्रै खिचडी पाकिरहेको आशंका गरिएको थियो । तर गीतमा ‘उडायो सपना सबै हुरीले’ भनेझैं यादवलाई भएको छ यतिबेला ।

अरुलाई आफू प्रधानमन्त्री बन्ने डरले कतिपयलाई भित्रभित्रै पोल्न थालेको भनेर अरुलाई भनिरहेका माधव नेपालको मन यतिबेला आफैंभित्र पोल्न थालेको छ । कारण जसपा फुट हो । निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ पार्टीलाई दलको मान्यता दिएपछि माधव नेपाल र उपेन्द्र यादवलाई भित्रभित्रै पोल्न थालेको हो । यसले उपेन्द्र यादवको मन्त्री पद नै संकटमा परेको आँकलन हुन थालेको छ । जसपाबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई आयोगले मान्यता दिएको हो । आइतबार राईले ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। उनी नेतृत्वको पार्टीमा प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रेनु यादव, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ९ जना सांसद रहेका छन्।

राजनीतिका खेलाडी ओली र प्रचण्डले कुन बेलामा कस्तो गोटी चाल्नुपर्दछ भनेर जानेका र सोही अनुरुप जसपालाई फुटको संघारमा पुर्याएको चर्चा यतिबेला छ । कुल १२ सिट रहेको जसपा फुट्नु त एउटा घटना हो । त्यो भन्दा पनि उपेन्द्र यादव पक्षले सरकारको समर्थन फिर्ता लिए पनि अहिलेकै सत्ता गठबन्धनको बहुमत रहिरहने छ । त्यसपछि कांग्रेस नेतृत्वमा बन्ने सम्भावित नयाँ गठबन्धनको बहुमत पनि पुग्न सक्ने अवस्था देखिन्न । त्यसले जसपा फुट्दा अर्को गठबन्धन र सरकार बन्ने सम्भावना तत्काललाई टरेको छ । यता प्रधानमन्त्रीको कुर्सी ताकेर दाउ हेरिरहेका माधव नेपाल र उपेन्द् यादव यता न उताका भएका छन् ।

नेपालमा सरकार बनाउने र भत्काउने अनि अस्थिरतामा रमाउने खेल नौलो होइन । त्यही खेल खेल्न बानी परेका नेताहरु कहिल्यै नसुध्रिने रहेछन् भन्ने अवस्था पछिल्ला घटनाक्रमले बताइरहेको छ । यो विभिन्न खेलले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म थप नयाँ अस्थिरता सिर्जना गर्ने देखिन्छ । महिना बित्न पाएको छैन आफूले पद पाउँछु कि भनेर गठबन्धन परिवर्तन गर्ने र केन्द्रदेखि प्रदेशसम्मका सरकार परिवर्तन भएर नागरिक वाक्क भएको बेला उपेन्द्र यादवले फेरि सरकार परिवर्तन गर्न लागेकाले नयाँ दल दर्ता गर्नु आफूहरुको बाध्यता रहेको अशोक राई पक्षका नेताहरुको भनाइ छ ।

सत्तामा पुग्न लोभ मात्रै गरिरहने नेताको प्रवृति नसुध्रिएका कारण नेपाल र यादव दुवै समस्यामा पर्ने राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ । आफैंले थापेको जालमा आफैं परेजस्तो भनेजस्तैगरी माधव नेपाल यतिबेला आफ्नै पार्टी र नेताबाट आलोचित मात्रै छैनन् झसङ्ग भएका छन् ।

जसपा फुट्दा कसैले खुसी मनाउलान् त कसैले दुःख मनाउलान् । तर यहाँ साना दलले अस्थिरता र बार्गेनिङ गर्ने र शक्ति एवं सत्ता परिवर्तन भइरहने खेल भने जारी नै रहने देखिन्छ । अझै सरकार कतिबेला परिवर्तन हुने हो कसैलाई पत्तो छैन । यसले नागरिकमा वितृष्णा ल्याउनेछ । त्यसैगरी दलीय व्यवस्थामाथि प्रश्नचिन्ह उठिरहेका बेला यो व्यवस्थालाई नै कमजोर बनाउनेछ ।

अब दल र तीनका नेताहरुले पदको प्रण होइन देश विकासको प्रण गरेर अगाडि बढ्नुपर्ने नागरिकहरुको बभाइ छ ।

 

Health Tips Ad Road Block