काठमाडौं । आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महासंघका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
आइतबार बेलुकी पनि काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो।