Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सेवा प्रदायकले सरकारलाई रोयल्टी नतिर्दा देशैभर इन्टरनेटमा समस्या

Citizenlife ad 2082 falgun to baishak 2083

कतिपयले आफ्नो एप अथवा कुनै प्रणालीमा खराबी आयो कि भन्नेसम्मको अवस्था आयो । हतार हतार कतिपयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका ग्राहक केन्द्रमा पनि फोन गरे । त्यतिबेला धेरैलाई थाहा भयो सेवामा समस्या देखिएको छ । कम्पनीहरुले यसलाई स्वीकार गरेका छन् । सँगै सञ्चार माध्यमहरुले सेवामा समस्या आएका खबर पनि राखे र तत्कालै धेरैलाई यो जानकारी भयो ।

बिहीबार बेलुकादेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो । उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटा लगायतलाई ब्याण्डविथ बापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको जनाइएको छ । सेवामा समस्या देखिएपछि नेपालका ८० लाखभन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

यता केही दिनअघि पत्रकार सम्मेलन गरेर इन्टरनेट सेवा प्रदायकहरुले सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो । सरकारलाई यस्तो आरोप लगाएका इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रोयल्टीलगायतका शुल्क नतिर्दा समस्या देखिएको प्रष्ट भएको छ । सरकारले विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

हेर्नुहोस् सरकारको विज्ञप्ति

Health Tips Ad Road Block