skip this News Page Tips Ad Road Block

सेवा प्रदायकले सरकारलाई रोयल्टी नतिर्दा देशैभर इन्टरनेटमा समस्या

कतिपयले आफ्नो एप अथवा कुनै प्रणालीमा खराबी आयो कि भन्नेसम्मको अवस्था आयो । हतार हतार कतिपयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका ग्राहक केन्द्रमा पनि फोन गरे । त्यतिबेला धेरैलाई थाहा भयो सेवामा समस्या देखिएको छ । कम्पनीहरुले यसलाई स्वीकार गरेका छन् । सँगै सञ्चार माध्यमहरुले सेवामा समस्या आएका खबर पनि राखे र तत्कालै धेरैलाई यो जानकारी भयो ।

बिहीबार बेलुकादेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो । उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटा लगायतलाई ब्याण्डविथ बापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको जनाइएको छ । सेवामा समस्या देखिएपछि नेपालका ८० लाखभन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

यता केही दिनअघि पत्रकार सम्मेलन गरेर इन्टरनेट सेवा प्रदायकहरुले सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो । सरकारलाई यस्तो आरोप लगाएका इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रोयल्टीलगायतका शुल्क नतिर्दा समस्या देखिएको प्रष्ट भएको छ । सरकारले विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

हेर्नुहोस् सरकारको विज्ञप्ति

Health Tips Ad Road Block