skip this News Page Tips Ad Road Block

भुटानी प्रधानमन्त्री तोग्बेले सोधे, नेपालको १६ औँ योजना कस्तो बन्दैछ ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफबोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग भेटवार्ता गरेका हुन् । उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री तोग्बेको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको हो ।

भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरुको आदान–प्रदान गर्दै नेपाल र भुटानबीच सहकार्य गर्ने विषयमा कुराकानी भएको योजना आयोग सचिवालयले जनाएको छ । प्रधानमन्त्री तोब्गेले नेपालको सोह्रौं योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा राखेको आयोग सचिवालयले जनाएको छ ।

Health Tips Ad Road Block