काठमाडौं । लामो समयदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान अबदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफैँले संरक्षण गर्ने भएको छ।
मैदानको गुणस्तर र स्तरोन्नती कार्य सन्तोषजनक नभएको भन्दै राखेप आफैँले संरक्षण गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वर्द्धधन राखेप आफैंले गर्नुपर्ने भन्ने उल्लेख छ।
राखेपले आवश्यक जनशक्ति व्यवस्थापन गरेर दैनिकरुपमा त्यहाँको संरक्षणात्मक कार्य थालेको छ ।