काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को एघार महिनामा रु.४८ अर्ब २७ करोड बराबरको साधारण शेयर कारोबार भएको छ ।
४० अर्ब ४४ करोड रुपैयाँ बराबरको बोनस शेयर कारोबार हुँदा रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै रु.२७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रु.९७ करोड १७ लाख बराबरको एफपीओ र रु.२ करोड २३ लाख बराबरको अन्य गरी कुल रु.१४७ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
यो अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३७ अर्ब ३ करोड बराबरको म्युचुअल फण्ड, रु.९ अर्ब १२ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमनि दिएको थियो ।
त्यसैगरी रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु.२ अर्ब ६० करोडको डिबेन्चर र रु.४ करोड ६७ लाख एफपीओ गरी कुल रु.५३ अर्ब ७३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको जनाइएको छ ।

















