skip this News Page Tips Ad Road Block

यतिबेला मनसुनजन्य रोगको जोखिम बढी हुने भन्दै रोकथाम तथा नियन्त्रणको लागि प्रतिकार्य अभियानको तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । मनसुन सक्रिय भएपछि मनसुनजन्य रोगको प्रकोप बढ्ने अवस्थालार्य मध्यनजर गर्दै सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग यसको तयारीमा लागेको हो ।

विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले मनसुनका समयमा फैलिने डेंगी, हैजा, औलो, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको जानकारी दिएका छन् । संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा देशैभर मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

त्यस्तै सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे पनि कार्य भइरहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना अभियान थालिएको बताएकी छिन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताएका छन् ।

मनसुनका समयमा डंगी, हैजा, झाडापखला जस्ता रोग बढी देखिने भएकाले सचेत रहन सबैलाई आग्रह गरिएको छ ।

Health Tips Ad Road Block