skip this News Page Tips Ad Road Block

पोखरामा चरा पर्यटनलाई नयाँ उचाइमा लगिने, पर्यटकका लागि व्यवस्थित टुर प्याकेजको तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । पोखरा भ्रमणमा आउने पर्यटकहरूका लागि व्यवस्थित टुर प्याकेजहरूसहित महानगर पंक्षी घोषणाको तयारीमा पोखरा महानगरपालिका रहेको छ ।

यसका लागि सघन छलफल तथा अध्ययन भइरहेको नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

नगर पंक्षी घोषणाको तयारी सहित नगर क्षेत्रमा रहेका पंक्षीहरुको गणना समेत सुरुवात गरिएको छ।

चराविद्हरूको वैज्ञानिक अध्ययनपछि मात्रै नगरपन्छी घोषणा गरी संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाइने उनले बताएका छन् ।

महानगरले ‘नेचर, कल्चर एन्ड एडभेन्चर’ को अवधारणामा पर्यटन प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै उनले नगरपन्छी घोषणापछि त्यसको संरक्षण सहित विज्ञहरूसँगको सहकार्यमा चरा पर्यटनलाई नयाँ उचाइमा लगिनेछ ।

Health Tips Ad Road Block