skip this News Page Tips Ad Road Block

आजदेखि नागढुंगा सुरुङ्गमार्गबाट यात्रा सरर, पूर्वाधार विकास मन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । नेपालको पहिलो आधुनिक सुरुङ्गमार्ग ‘नागढुङ्गा सुरुङ्गमार्ग’ को आज उद्घाटन हुँदैछ ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा बिहान १०ः१५ सुरुङ्गमार्ग उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नागढुङ्गा सुरुङ्गमार्ग पूर्वी खण्डबाट यसको औपचारिक सुरुवात भएको घोषणासहित उद्घाटन गरिनेछ । त्यसपछि सवारी यात्रा सुरु गरिने कार्यक्रम रहेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक ४ मा काठमाडौंतर्फबाट सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र सुरुङको निर्माण सक्ने लक्ष्य लिइएको थियो । तर स्थानीयको अबरोध र कोभिड लगायतका कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको बताइएको छ ।

त्यस्तै २०८० साल वैशाख ३ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ्गमार्गको ‘ब्रेक थ्रु’ गरिएको थियो ।

यस सुरुङ्गमार्गको मुख्य सुरुङ्गको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङ्गको दूरी २.५५७ किलोमिटर छ । सुरुङ्गमार्गबाट पिहलाे चरणामा अत्यावश्यक सवारी सञ्चालन गरीने बताइएकाे छ ।

Health Tips Ad Road Block