skip this News Page Tips Ad Road Block

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिबद्धताः आन्तरिक रोजगारी प्रवर्द्धनदेखि सुरक्षित आप्रवासनसम्म

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने बताएको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी दशकलाई डिजिटल अर्थतन्त्रमा श्रमिकको संरक्षण, सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राखेको बताएका हुन् ।

डिजिटल तथा गिग अर्थतन्त्रमा कार्यरत श्रमिकको हकहितका लागि स्पष्ट सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता र डेटा गोपनीयता आवश्यक रहेको मन्त्री यादवले बताए ।

नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको र जबरजस्ती श्रमसम्बन्धी प्रोटोकल अनुमोदनका लागि संसद्मा पेश भएको उनले बताए ।

Health Tips Ad Road Block