skip this News Page Tips Ad Road Block

मंगलबार बन्दीपुर केवलकार सेवा बन्द हुने

Citizenlife ad 2082 falgun to baishak 2083

तनहुँ । बन्दीपुर हिल अन्तर्गत सञ्चालनमा रहेको बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडद्वारा सञ्चालित केवलकार सेवा जेठ २६ गते अन्तिम मंगलबारका दिन बन्द हुने भएको छ । यात्रुहरूको सुरक्षालाई थप सुदृढ तथा सुनिश्चित गर्ने उद्देश्यले केवलकारको नियमित मासिक मर्मत सम्भार कार्य सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

मर्मत सम्भार कार्यका कारण केवलकार सेवा एक दिनका लागि पूर्णरूपमा बन्द रहने भन्दै सम्पूर्ण यात्रु, पर्यटक, शेयरधनी तथा सर्वसाधारणलाई यसबारे कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीले स्काई साईकिलिङ्ग, जिपलाईन, घुमाउने घर, सोभिनर सप, ईटरी र ड्राईभ ईन रेष्टुरेण्टको सेवा भने नियमितरुपमा संचालनमा रहने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत आदित्य राज विष्टले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block