skip this News Page Tips Ad Road Block

सामाजिक सुरक्षा कोषले पनि जलविद्युत परियोजनामा लगानी गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामाजिक सुरक्षा कोषले पनि जलविद्युत परियोजनामा लगानी गर्ने भएको छ । कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको जनाएको छ । कोषमा चार प्रस्ताव आएकामा दुइवटामाथि छलफल भइरहेको जनाएको छ । मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ उक्त प्रस्तावलाई अगाडि बढाउन लागिएको छ । कोषले २० मेगावाटभन्दा कम क्षमताको विद्युत् परियोजनामा भने लगानी नगर्ने नीति लिएको छ ।

यही जेठ २० गतेसम्म कोषमा एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँबराबरको योगदान रकम जम्मा भइसकेको छ । अब लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ ।

त्यसैगरी खानीजन्य क्षेत्रअन्तर्गत स्वदेशमा क्लिंकर र सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि कोषले लगानी गर्ने नीति लिएको छ । कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले कुल दाबी भुक्तानी २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ रुपैयाँ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम तीन अर्ब २३ करोड ५१ लाख दुई हजार ९११ रुपैयाँ बराबर रहेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षातर्फ २८ करोड ४४ लाख ३० हजार १८८, आश्रित परिवार सुरक्षा दाबी रकम ३४ करोड ९५ लाख ७३ हजार ३९८ र अवकाश दाबी १६ करोड ५८ लाख ३५ लाख चार हजार २४१ रुपैयाँबराबर रहेको छ ।

Health Tips Ad Road Block