skip this News Page Tips Ad Road Block

एसियन गेम्स क्रिकेटः ओमानलाई हराउँदै नेपाल फाइनलमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराउँदै फाइनलमा गएको हो । नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ ।

जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङमा ओमानका समिर ओथामनले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाए । जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे । बलिङमा नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

Health Tips Ad Road Block