skip this News Page Tips Ad Road Block

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन, शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको थियो।

Health Tips Ad Road Block