काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बीचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस ई–कमर्स प्लेटफर्मको मूल अवधारणा भएको शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए ।
नेपालमा आयातित वस्तुहरू लामो समयदेखि आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन्। यस प्रक्रियामा वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा अनिश्चितता पनि रहने गरेको छ। चाइनाबजार यही अन्तरलाई हटाउने उद्देश्यका साथ स्थापना गरिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुती श्रेष्ठले बताइन्।
श्रेष्ठका अनुसार चाइनाबजारले तेस्रो पक्षका बिक्रेता वा आयात एजेन्टमा निर्भर रहने छैन। कम्पनीले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउँछ, कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्याउँछ। स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोट्याउन, लागत नियन्त्रण गर्न तथा मूल्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।
‘एन्जोय योर सपिङ्ग’ नारासहित सञ्चालनमा आएको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली (लाइफस्टाइल) सम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउने बताएको छ। आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने कम्पनीले जनाएको छ।
ग्राहकले ईसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, कम्पनीको आफ्नै गोदाम तथा वितरण प्रणालीका कारण आवश्यक मौज्दात कायम राख्दै छिटो र भरपर्दो सेवा प्रदान गरिने बताइएको छ।
“नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप सुदृढ बन्दै गएको छ,” सीईओ श्रेष्ठले भनिन्। “चाइनाबजारले यी दुवै प्रवृत्तिसँगै अघि बढ्ने लक्ष्य लिएको छ। आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्नो वितरण सञ्जाल विस्तार गर्ने योजना छ।”
चाइनाबजार डट कम ई–कमर्स प्लेटफर्म डब्लु डब्लु डब्लु चाइनाबजार डट कम (www.chynabazar.com) मार्फत औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
चाइनाबजार बारे
चाइनाबजार डट कम नेपालमा आधारित ई–कमर्स प्लेटफर्म हो। यसले चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्य राखेको छ। प्रत्यक्ष स्रोत व्यवस्थापन, आयात, भण्डारण तथा वितरणलाई एकीकृत गर्ने यसको व्यवसायिक मोडेलले उपभोक्तालाई पारदर्शी मूल्य र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। ‘इन्जोय योर सपिंग’ यसको ब्रान्ड नारासमेत हो। यस प्लेटफर्ममा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध हुनेछन्।

















