काठमाडौं । माण्डु हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
माण्डु हाइड्रोपावर लिमिटेडद्धारा प्रवर्धित बागमती साना जलविद्युत आयोजना (३२मेगावाट) सोमबार बसेको संञ्चालक समितिको २२५औं बैठकले १० प्रतिशतभन्दा बढी लाभांश दिने निर्णय गरेको हो ।
समिति बैठकले आव २०८१/०८२ सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।





















