skip this News Page Tips Ad Road Block

३ करोड रुपैयाँ बराबरको सुनका गहना तथा नगदसहित सुर्खेतबाट काराेबारी अग्रवाल पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

नेपाकाठमाडौं । नेपाल प्रहरीले ३ करोड रुपैयाँ बराबरको सुनका गहना तथा नगदसहित सुर्खेतबाट १ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेतले सोमबार अपरान्ह ४ बजे विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ तल्लो बजारबाट ती व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

शिव ईम्पोरियम कपडा पसलमा भारतीय रुपैँया र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र सुर्खेत कार्यालयबाट खटिए‌को संयुक्त प्रहरी टोलीले चेकजाँज तथा खानतलासी गर्दा गहना र नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१० घर भई हाल सुर्खेत जिल्ला विरेन्द्रनगर वडा नं.०६ बस्ने वर्ष ६३ को श्याम सुन्दर अग्रवाल (बालाजी) लाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ , ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ, अनुमानित नेपाली रु. ३ करोड बराबरको विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा/पोका र डिब्बा १८५ थान र नगद रुपैँया गणना गर्न प्रयोग हुने मेसिन १ थान बरामद गरिएको प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block