skip this News Page Tips Ad Road Block

पोखरा फिर्केखोलामा निर्माण भएका सबै संरचना हटाउने कार्य जारी

काठमाडौं । पोखरा फिर्केखोलाको खोलाघरमा निर्माण भएका सबै प्रकारका संरचनाहरू हटाउने कार्य जारी रहेको छ । विभिन्न व्यक्ति वा संस्थाहरूले खोला मिचेर खोला माथि नै संरचना निर्माण गरेको पाइएपछि महानगरपालिकाले प्राविधिक नाप जाँचपश्चात हाल खोलाघर खाली गर्ने कार्य गरिरहेको छ ।

यसबीचमा केही व्यक्ति संस्थाले खोला माथि बनेका संरचनाहरू नभत्काउनररोक्न/स्थगन गर्न सम्मका अदालतबाट आदेश लिएको भन्ने समाचारहरू सुन्नमा आएको भएपनि महानगरपालिकाले उच्च अदालतको यसअघिको आदेश र पटक–पटक संरचना आफैंं हटाउन दिइएका सूचनाहरूको समय व्यतीत भइसकेपछि मात्र खोलाघरमा बनेका संरचनाहरू हटाउन सुरुवात गरेको स्पष्ट पारेको छ ।

महानगरले अब कुनै बहानामा खोलाघर माथि बनेका संरचनाहरू बाँकी नरहने स्पष्ट पारेको छ । कोही कसैले आफैं हटाउने सर्तमा केही समय माग गरेपछि महानगरपालिकाले त्यसमा सहजीकरण मात्र गर्न खोजेको जनाएको छ । महानगरले भनेको छ, ‘त्यो समय संरचना हटाउनुको सट्टा बहानाबाजी गर्न खोजियो भने पनि महानगरपालिकाको अभियान रोकिने छैन । खोला, खोला नै हो, खोला नै रहने छ । कुनै कन्फ्युजन छैन ।’

Health Tips Ad Road Block