काभ्रे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छन् । उनले काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकही हुन् ।
उपभोक्ताहरूले ग्यासको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन् ।
उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहजरुपमै आफूहरुले गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरेका छन् ।
मन्त्री यादवले ग्यासको अभाव हुन नदिन ब्यवसायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्रथामिकत्रामा राखि ग्यासको बिक्री वितरण गर्न निर्देशन समेत दिएका छन् ।

















