skip this News Page Tips Ad Road Block

गजुरी गाउँपालिकाद्वारा पृथ्वी राजमार्गभित्रका सम्भावित दुर्घटना न्यूनीकरणका लागि उद्धार सामग्री हस्तान्तरण

धादिङ । नागढुङ्गा–मुग्लिङ सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्ग क्षेत्र र गजुरी गाउँपालिका भित्र हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गजुरी गाउँपालिकाले विपद् उद्धार कार्यमा संलग्न सुरक्षा निकायहरूलाई आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाभित्र रहेका भैरव गण, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस क्याम्प आदमघाट लगायतका सुरक्षा निकायका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूलाई विपद् उद्धार तथा आकस्मिक परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुने आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन् ।

साथै यस गाउँपालिकाले विपद् पूर्वतयारी, शीघ्र उद्धार तथा नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सुरक्षा निकायहरूसँगको समन्वय र सहकार्यमा विगतका वर्षको झै यस वर्ष पनि निरन्तर सहयोग र सहकार्य जनाउँदै आएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

Health Tips Ad Road Block