skip this News Page Tips Ad Road Block

९ मेगावाटको खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्व २४ करोड लगानी गर्ने

काठमाडौं । वन्डर्स ईनर्जी प्रा. लि. ले निर्माण गर्न लागेको खिम्ती घ्वाङ् साना जलविद्युत आयोजना ९ मे.वा. र एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा एनएमबी बैंक लि. का तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कम्पनीले दोलखा जिल्लाको जिरी न.पा. वडा नं.१ र रामेछाप जिल्लाको गोकुलगंगा गा.पा.वडा नं. १ को सिमा भएर बहने खिम्ती घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती ध्वाँङ् जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्ने गरि कार्य भइरहेको जनाएको छ ।

आयोजनाको लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति बैसाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको र आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँुचमार्ग निर्माण, गोदाम घर, आवस गृह आदिको निर्माण सम्पन्न भएको छ र सभिल, हाईड्रो मेकानिकल र ईलेक्ट्रो मेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणका लागि लाग्ने रु. १ खर्व ८० करोड मध्ये रु. १२४ करोड ऋण लगानीको लागि एनएमबी बैंकसँग आज समझदारी भएको हो भने बाँकी ५६ करोड मध्ये रु. ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भइरहेको कम्पनीका प्रबन्ध सचालक प्रकाश चन्द्र दुलालले बताएका छन् ।

उनका अनुसार गौरिशंकर संरक्षण क्षेत्र भित्र निर्माण हुने यो आयोजना नेपालमा हाल बनिरहेका जलविद्युत आयोजनामध्ये हाईड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुने बताइएको छ ।

Health Tips Ad Road Block