काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला ४८६५ रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।





















