चितवन । क्रिप्टाे करेन्सीको कारोबार गर्ने १ जना र अनलाइन ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । चितवन प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १६ बालाजु बाईपास घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.१० अनामनगर बस्ने वर्ष ३६ को शिशिर गौतम रहेका छन् । उनले मोबाईल मार्फत 1xBet बाट सट्टेबाजी गर्ने गरेको र Binance बाट अभौतिक मुद्रा संचय तथा कारोबार गर्ने गरेको भनी बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका वडा नं.१ स्थित बकुलहर चोकमा गौतमलाई फेला पारी उनको साथबाट Android मोवाईल २ थान , विभिन्न बैंकको ATM कार्डहरू ६ थान , नगद रु. ४ हजार समेत नियन्त्रणमा लिई चितवन जिल्ला अदालतवाट म्याद थप भई अनुमति लिई अनुसन्धान कार्य भईरहेको जनाएकाे छ ।
त्यस्तै अनलाईन विजनेश प्लेटफर्ममा लगानी गर्ने भनी विभिन्न प्रलोभन देखाई विश्वासमा पारी कम्पनीको कस्टमर सर्विस एप फाईनान्स सेक्सन भनिएको Telegram 10:8225086535, Username @NPE Travelocity 102 मार्फत लगानी गर्नका लागी रकम पठाउन भनि विभिन्न खाता संचालकहरुको खाता नम्वरको QR पठाई पटक पटक रकम जम्मा गर्न लगाई जम्मा रु.१२,९७, १५१ ठगी गरेको भन्ने पिडितको जाहेरीको आधारमा अन्य तीन जना पक्राउ परेका छन् ।
खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को समन्वयमा ईलाका प्रहरी कार्यालय टाडौँ चितवनबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा
१. जिल्ला नवलपरासी (ब.सु.प.) प्रतापपुर गाउँपालिका वडा नं. ०४ दर्खासे टोलमा वस्ने वाजित मुसलमानको छोरा वर्ष २६ को रोशन मुसलमान ।
२. जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका वडा नं. ०४ दर्खासे टोलमा बस्ने मुस्तकिम अन्सारीको छोरा वर्ष २४ को रुस्तम अंसारी ।
३. जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिका वडा नं. ०३ कादिर अलि जोलाहाको छोरा वर्ष अं. २७ को आजाम अलि अन्सारी।





















