Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एफएनसीसीआईको जिल्ला/नगर उपाध्यक्षमा श्रेष्ठ र शर्मा विजयी, सदस्यहरुमा को–को भए विजयी ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला/नगर उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा विजयी भएका छन् ।

मंगलबार सम्पन्न ६० औँ वार्षिक साधारण सभा एवं निर्वाचनको मतपरिणामअनुसार श्रेष्ठले ८० मत र शर्माले ८७ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरूका अन्य दुई प्रतिस्पर्धी उमेश डालमिया ५० र कल्पना गैरेले ३० मत प्राप्त गरे ।

दुई जना निर्वाचित हुने जिल्ला/नगर उपाध्यक्ष कलष्टरमा चार जनाको उम्मेदवारी थियो ।

सदस्यहरुमा को–को भए विजयी ?

महासंघको जिल्ला/नगर तर्फबाट १५ जना सदस्यहरु विजयी भएका छन् । सदस्यहरुमा अर्जुन कुमार श्रेष्ठ (११०), उज्ज्वल प्रसाद कसजु (८२), केशव प्रसाद भन्डारी (९८), कृष्ण काटुवाल (१०५), गोकुल श्रेष्ठ (९७), छ्त्रधर आत्रेय (१०४), तारा बहादुर कार्की (९०), दिपक नेपाल (१००), प्रयास कार्की (१११), मोहन प्रसाद श्रेष्ठ (१०२), लक्ष्मण राज पौडेल (१०४), शंकर गिरी (८६), सन्तोष खड्का (१०२), सुदर्शन कार्की (८१) र हरि प्रसाद अर्याल (९२) मतसहित विजयी भएका छन् ।

Health Tips Ad Road Block