Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एफएनसीसीआइको वस्तुगततर्फ एक सदस्यमा चार जनाको बराबरी भएपछि गोलाप्रथा गरिने, विजयी १२ सदस्य यस्ता छन् (मतसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फ एक सदस्यका लागि चार जनाबीच गोलाप्रथा गर्नुपर्ने अवस्था आएको छ । मंगलबार सम्पन्न ६० औँ वार्षिक साधारण सभा एवं निर्वाचनको मतपरिणमअनुसार वस्तुगत सदस्यको नतिजामा अन्तिम चार जनाले समान ५०/५० मत प्राप्त गरेपछि उनीहरूबीच गोलाप्रथाबाट निर्वाचित गर्नेबारे छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज वञ्जाडेले समान ५०/५० मत प्राप्त गरेका हुन् ।

कूल १३ जना निर्वाचित हुने यो क्लष्टरमा अरनिको राजभण्डारी (७० मत), विदुर धमला (६८ मत), सागर ढकाल (६८ मत), राजकुमार कार्की (६७ मत), रविन पुरी (६६ मत), पशुपति देव पाण्डे (६२ मत), लिलेन्द्र प्रसाद प्रधान (६२ मत), भक्तबहादुर हमाल (५६ मत), नानिराज घिमिरे (५२ मत), एवबहादुर मगर (५१ मत), संघर्ष विष्ट (५१ मत) र होम प्रसाद घिमिरे (५१ मत) सहित विजयी भएका हुन् ।

१३ जना निर्वाचित हुने यो क्लष्टरमा २६ जनाको उम्मेदवारी परेको थियो ।

Health Tips Ad Road Block