कास्की । पोखरास्थित भाटभटेनी सुपर स्टोर आज बैसाख २१ गते, सोमबार देखि पुनः सञ्चालनमा आएको छ ।
पुनः सञ्चालनमा आएसँगै यस स्टोरले दैनिकरूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता यथावत रहेको सुपर मार्केटले जनाएको छ ।
भाटभनेटीले स्टोर पुनः सञ्चालनमा आएको अवसरमा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वास रहिरहने आशा कम्पनीले व्यक्त गरेको छ ।






















