काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामै ३ हजार रुपैयाँले घटेको छ ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा सय रुपैयाँले घटेर प्रतितोला ४९४५ रुपैयाँमा आइपुगेको छ ।






















