Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विदेशमा आकर्षक तलबको प्रलोभन देखाई १९ लाखभन्दा बढी ठगी, ४५ लाख ठग्ने तीन जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा घर भएका २४ वर्षीय आङ मिङमार शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौं महानगरपालिका–४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।

पक्राउ मध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आङ मिङमारलाई काठमाडौं महानगरपालिका–२ बाट, सुनितालाई काठमाडौं महानगरपालिका–२८ बाट र बाल कुमारीलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block