Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पेट्रोलियम मूल्यवृद्धिका कारण देशभर विकास निर्माणका कामहरु प्रभावित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिका कारण देशभर विकास निर्माणका कामहरू प्रभावित भएका छन् । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै चालु अवस्थामा रहेका विकास निर्माणका आयोजना प्रभावित भएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सडक कालोपत्रे गर्न आवश्यक निर्माण सामग्री नपाएको गुनासो निर्माण व्यवसायीहरुको छ । कतिपयले तेलको निरन्तर मूल्य वृद्धिका कारण भइरहेका काम रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

व्यवसायीका अनुसार सरकारले विकास निर्माण क्षेत्रलाई सहुलियत प्रदान गरी काम गर्ने वातावरण बनाउनुपर्ने छ । मध्यपूर्वी देशमा भइरहेको युद्धका कारण पनि निर्माण उद्योग संकटमा परेको व्यवसायीको भनाइ छ । तेलको मूल्य वृद्धिसँगै छड, सिमेन्ट, अलकत्रा, बिटुमिनजस्ता सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् ।

Health Tips Ad Road Block