Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अन्नपूर्ण हिमालमा वसन्तयामको आरोहण सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित हिमालमा आरोहण सुरु भएको हो । सेभेन समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूर्णको चुचुरो चुमेका हुन् ।

सेभेन समिटका अनुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुर्ली रहेका छन् । नेपाली लाक्पासहित छेवाङ, दावा नर्बु, पासाङ दुङपा, छाङुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूर्णको सफल आरोहण गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, शनिबार विहान १०ः१५ बजे नेदरल्यान्ड र अष्ट्रेलियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिएका छन् ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व प्राप्त भएको छ । अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । गत वर्षको वसन्तयाममा अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए ।

Health Tips Ad Road Block