skip this News Page Tips Ad Road Block

धादिङका विश्व अर्याल बने नेपाल पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्ष

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । धादिङका विश्व अर्याल पेट्रोल पम्प व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स एसोसियसनको अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको १७ औँ रष्ट्रिय सम्मेलनबाट अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अर्यालले २४२ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धि उत्सव इटेनीले ११३ मत प्राप्त गरे । लामो समयसम्म संस्थामा महासचिव रहेका अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार, द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिडला, महासचिवमा अच्युत बहादुर खड्का, कोषाध्यक्षमा श्यामकुमार बुढाथोकी, सचिवमा प्रेम न्यौपाने तथा सह–सचिवमा राजन गौङजु निर्वाचित भएका छन् ।

एसोसियसनका सदस्यहरूमा गोकर्णराज खड्का, घनश्याम खत्री, ईश्वर लामा, महेन्द्रकुमार अग्रवाल, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, राजु न्यौपाने, नवराज थापा, प्रह्लाद तिमिल्सिना, भुपालराज कटुवाल, अजय कुमार टणडन, प्रदीप यादव, रामसाद आलम र टेकबहादुर बोहरा विजयी भएका छन् । त्यसैगरी प्रदेश संयोजकतर्फ कोशी प्रदेश संयोजकमा राम सगुन यादव, मधेश प्रदेश संयोजकमा ललित शाह, बागमती प्रदेश संयोजकमा काशीराज पाठक, गण्डकी प्रदेश संयोजकमा नवीन बराल, लुम्बिनी प्रदेश संयोजकमा विश्वराज खनाल र सुदूरपश्चिम प्रदेश संयोजकमा चक्र मल्ल निर्वाचित भएका छन् ।

Health Tips Ad Road Block