skip this News Page Tips Ad Road Block

एमसि नेपालद्धारा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यारम्भ

काठमाडौं । एमसि नेपालद्धारा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यारम्भ गरेको जनाएको छ ।

एमसि नेपालले विद्युत प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका क्रममा प्रभावित हुने १० जिल्लाका ३० स्थानीय तहहरूमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको कार्यारम्भ र समन्वय बैठकहरू सञ्चालन गर्दै आएको जनाएको हो ।

यी बैठकहरूमा जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमका उद्देश्य, दायरा र कार्यान्वयनका ढाँचाहरूका सम्बन्धमा स्थानीय सरोकारवालाहरूसँग एकसाथ छलफल भइरहेका छन्।

एमसीए नेपालले अन्तर्राष्ट्रिय मापदण्डमा आधारित पुनःवास कार्ययोजना अन्तर्गत आयोजना प्रभावित घरपरिवारको जीविकोपार्जन पुनःस्थापनाको उद्देश्य राखेको बताएको छ।

Health Tips Ad Road Block