skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपको करोडौंको आईपीओ

काठमाडौं ।चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणका लागि निस्कासन गर्ने भएको छ । कम्पनीको पहिलो साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ ।

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी साधारणसभाले ६ जना संचालक निर्विरोध चयन गरेको छ । निर्वाचनबाट निर्विरोध निर्वाचित हुने संचालकहरुमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् ।

साधारणसभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

होल्डिङ कम्पनीका रुपमा रहेको चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसार्नलगायतका कम्पनीमा लगानी गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block