skip this News Page Tips Ad Road Block

लघुवित्त क्षेत्रमा बिग मर्जरः तीन लघुवित्त एकसाथ गए मर्जरमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

शनिबार यससम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो ।

बाँके, कोहलपुर–११ मा केन्द्रीय कार्यालय रहेको यूनिक नेपाल र मोरङ्ग, कटहरी गाउँपालिका–२ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १३, भैंसेपाटी बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्झौता भएको हो ।

Health Tips Ad Road Block