skip this News Page Tips Ad Road Block

उत्पादनमुलक क्षेत्रका ३ दर्जन उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

काठमाडौं । उत्पादनमुलक ३ दर्जन उद्योगीसँग छलफल गर्दै आज अर्थमन्त्री अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छलफल गर्दैछन् ।

उनको सचिवालयले दिएको जानकारीअनुसार वाग्लेको आह्वानमा आज अर्थ मन्त्रालयमा दिउँसो ३ बजे छलफल हुँदैछ ।

वाग्लेले सचिवालयले भनेको छ, ‘नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रमू आयोजना हुँदै छ।’

छलफलमा अर्थमन्त्री, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block