skip this News Page Tips Ad Road Block

पोर्चुगल पठाइदिन्छु भन्दै ५ लाख ठगी, ठगी गर्ने पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका–१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block