skip this News Page Tips Ad Road Block

शंकर भण्डारीको अध्यक्षतामा नवनिर्वाचित होटल व्यवसायी महासंघले जारी गर्यो ११ बुँदे घोषणापत्र !

Citizenlife ad 2082 falgun to baishak 2083

पोखरा । होटल व्यवसायी महासंघ नेपालले नयाँ कार्यसमिति पाएको छ । शंकर भण्डारीको अध्यक्षतामा महासंघमा नयाँ कार्यसमिति आएको हो । महासंघको १३ औं वार्षिक साधारणसभा र ५ औं महाधिवेशन सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको हो । अधिवेशनबाट २४ पदाधिकारीसहित ४७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

महासंघले पर्यटन र होटल क्षेत्रको विकासका लागि ११ बुँदे पोखरा घोषणापत्र–२०८२ जारी गरेको छ ।

यस्तो छ महासंघको घोषणापत्र !

होटल व्यवसायी महासंघ नेपाल (HPEN) को १३ औं वार्षिक साधारणसभा र ५ औं महाधिवेशन गण्डकी प्रदेशको सुन्दर पर्यटकीय नगरी पोखरामा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उक्त महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत विभिन्न सहकारी तथा निजी क्षेत्रका विशिष्ट व्यक्तित्त्वहरुको गरिमामय उपस्थिति रहेको थियो । देशभरबाट आएका करिब एक हजार होटल व्यवसायीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त महाधिवेशनबाट महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन भएको छ । अधिवेशनबाट २४ पदाधिकारी सहित ४७ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।

पोखरामा सम्पन्न महाधिवेशनबाट नव निर्वाचित कार्य समितिले नेपालको होटल, पर्यटन तथा आतिथ्यता क्षेत्रको समुन्नत र दिगो विकासका लागि व्यवसायिक हक हित संरक्षण, सुरक्षित र मर्यादित व्यवसाय, रोजगारी सिर्जना साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै समग्र पर्यटन उद्योगको विकासमा समर्पित हुने साझा संकल्प सहित निम्न प्रतिबद्धताहरु सार्वजनिक गर्दै पोखरा घोषणापत्र २०८२ जारी गरिएको छः

१. होटल व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा स्थापित गर्न होटल तथा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्राथमिक उद्योग घोषणा गर्न पहल गर्ने ।

२. निजी क्षेत्रको खरबौंको लगानीको सुरक्षा गर्दै व्यवसाय मैत्रि नीति, कर तथा कानूनी सुधारका लागि सरकारसँग प्रभावकारी पहल गर्ने ।

३. सहुलियतपूर्ण कर्जा, वित्तीय पहुँच तथा बैंकिङ प्रणाली सुधारका लागि समन्वय गर्ने ।

४, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र दिगो विकासका लागि नयाँ पर्यटन गन्तव्य र नयाँ सर्किटहरुको खोजी र विकास गर्दै Adventure, Wellness, Spiritual, Conference आदि पर्यटनको प्रवर्द्धन गर्ने ।

५. पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा उपयोग गर्दै अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गरी हवाई कनेक्टिभिटीलाई बढाउन पहल गर्ने।

६. संगठन सुद्धिकरण, सदस्यता विस्तार तथा डिजिटल प्रणाली विकासलाई प्राथमिकता दिने ।

७. साना तथा मझौला होटलहरुको संरक्षण र विकासका लागि ग्रामिण पर्यटनमा जोड दिँदै व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने। साथै ठूला व्यवसायीहरुको लगानी संरक्षण र सुरक्षाको ग्यारेण्टी तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने ।

८. महिला तथा युवा उद्यमशिलतालाई विशेष प्राथमिकता दिँदै सीप, रोजगारी र मानव संशाधन विकासलाई अगाडि बढाउने ।

९. डिजिटल प्रविधिको प्रयोग मार्फत व्यवसायलाई आधुनिक र प्रतिस्पर्धात्मक बनाउने ।

१०. सामाजिक उत्तरदायित्व बहन अन्तर्गत वातावरण संरक्षण, सरसफाई, रक्तदान, तथा स्थानीय उत्पादन प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।

११. सुरक्षित र मर्यादित व्यवसाय, बीमा तथा विपद् व्यवस्थापन प्रणाली विकास गर्ने ।

होटल व्यवसायी महासंघ नेपाल राज्यका तिनै तहका सरकार तथा सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गर्दै पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनलाई उच्च प्राथमिकतामा राखी स्पष्ट कार्ययोजना, व्यवसायी मैत्रि कर प्रणाली तथा सरल र सहज नीति कार्यान्वयन गर्न जोडदार अपिल गर्दछ ।

यस्तो छ महासंघको नवनिर्वाचित कार्यसमिति !

१. अध्यक्ष : तुल्सीराम भण्डारी (शंकर)

२. वरिष्ठ उपाध्यक्ष : सन्तोष उप्रेती

३. संगठन उपाध्यक्ष : वीरमन्जन बटाला

४. प्रशासन उपाध्यक्ष : ज्ञान बहादुर गजमेर

५. पर्यटन उपाध्यक्ष : कलम बहादुर बम

६. उद्योग/मेला महोत्सव उपाध्यक्ष : भाईचन्द्र श्रेष्ठ

७. महिला उपाध्यक्ष : सुनिता पन्त पौडेल

८. उपाध्यक्षहरू:

मोदनाथ बेल्बासे
धनादेवी चोखाल
जनकबहादुर सिंह
खिल कुमार सुवेदी
शैलेस कार्की

९. महासचिव : राजेश मलहोत्रा क्षेत्री

१०. उप-महासचिव : मित्र प्रसाद ढकाल

११. पर्यटन सचिव : भरतकुमार भट्टराई

१२. प्रशासन सचिव : रमेश कुमार बरात

१३.मेला महोत्सव सचिव : सन्तोष कुमार थापा क्षेत्री

१४. सचिवहरू:

लालबहादुर केसी
नेत्रलाल वली
भिविन्द्र प्रसाद न्यौपाने
रचेन्द्र सिंह बापा
उसा ग्रान्डन
निलेश राज भण्डारी

१५. कोषाध्यक्ष : कष्ण कुमार श्रेष्ठ

१६. सह-कोषाध्यक्ष : लक्ष्मण भण्डारी

१७. केन्द्रीय सदस्यहरू:

मोहन सिंह ठकुरी
हरि शरण पाण्डे
जुद्ध बहादुर कुँवर
अतुल कुमार गुप्ता
शंकरलाल श्रेष्ठ
राम शरण नेपाल
लेखनाथ भण्डारी
लक्ष्मण बहादुर धामी
राम प्रसाद पोखरेल
रामचन्द्र महत
शिव प्रसाद पोखरेल
केशवदत्त पाण्डे
ऋषि कुमार चौलागाईँ
दिपक पोखरेल
हरिगोपाल सापकोटा
टिकाराज आरण
विष्णु प्रसाद घिमिरे
इन्द्र बहादुर बस्नेत
रामशरण गजुरेल
धन बहादुर बटाला
शैलेन्द्र विक्रम थापा
सूर्य बहादुर थापा
धलुराम पोखरेल
प्रजापती जोशी (प्रकाश)
रोहित कुमार सिंह
गुणराज खनाल
संदिप कुमार बस्नेत
टिकाराम श्रेष्ठ
प्रदिप कुमार शाह
सुरेश कुमार शाह
माया चौधरी
वसन्ता भण्डारी
डम्बर कुमारी श्रेष्ठ
मोतीलाल ओली
निषाद विक्रम बम
जय प्रसाद उपाध्याय पौडेल
विष्णु प्रसाद पोखरेल
हेमराज भट्टराई
सरन गुरुङ
राधिका लम्साल
इन्दिरा श्रेष्ठ
रेनुका याक्सो लिम्बु
शुरेस पाण्डे
बालकृष्ण निउरे
कमल प्रसाद न्यौपाने
कल्पना पराजुली
तिलक प्रसाद चापागाईँ

१८. लेखा समितिहरू

रविन लामा
इश्वरकुमार बुढामगर
तपेन्द्र बहादुर शाही
रामशरण अधिकारी

Health Tips Ad Road Block