skip this News Page Tips Ad Road Block

२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट आयो(पूर्णपाठसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट घोषणा भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि कुल खर्च २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । कुल विनियोजन मध्ये चालुतर्फ रू. १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात कुल विनियोजनको ५९.८ प्रतिशत, पुँजीगत तर्फ रू. ४ खर्ब ३१ अर्व १० करोड अर्थात् २०.३ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रू. ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात १९.९ प्रतिशत रहेको जानकारी दिए । यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले बढी भउको उनले बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रू. १४ खर्ब ०५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रू. ६१ अर्ब ७४ करोड व्यहोर्दा रू. ६ खर्ब ५७ अर्ब २९ करोड न्यून हुन जाने र सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू. २ खर्ब ४७अर्ब २८ करोड परिचालन गर्ने अर्थमन्त्रीले बताए । राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रू. ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट परिचालन गर्ने अर्थमन्त्रीको भनाइ छ ।

उनले आगामी आर्थिक वर्ष रू. २ खर्ब ४५ अर्ब ८९ करोड आन्तरिक ऋणको साँवा भुक्तानी हुने हुँदा खुद रू. १ खर्ब ६४ अर्ब ११ करोड मात्र आन्तरिक ऋण परिचालन हुने बजेट भाषणकाक्रममा बताए ।

 

यस्तो छ पूर्णपाठ

 




Health Tips Ad Road Block