skip this News Page Tips Ad Road Block

सीएनआई र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धानमा सहकार्य हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुरÞ्याउने उद्देश्यले एक समझदारी भएको छ । देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ । तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरुप यो समझदारी भएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यालय प्रमुख डा. कमल प्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले सम्झौतामा हस्ताक्षर गरे ।

सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए । तथ्याङ्क कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताए ।

समझदारी अनुसार परिसंघ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदान–प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।

Health Tips Ad Road Block