Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अटोमोवाइल क्षेत्र माथि उठाउन नाडाको ३६ बुँदे सुझाव, वर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती नेतृत्वको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि अर्थमन्त्रीलाई शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथि उठाउन वर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताए । यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढ्ने बताए ।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सरकारले राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजिक्षेत्र मैत्री नीति ल्याइने आश्वासन दिए । यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउँदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताए ।

छलफलकोमा अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनु पर्ने आवश्यकता रहेको भन्दै वर्तमान अवस्थामा सि.के.डीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठीनाई भईरहेको बताए । अध्यक्ष उपे्रतीले टायरटयूव व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल वस्तुहरु नेपाल मै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसँग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउँदै सरकारले अटोमोवाइल वस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राखे । भेटघाटका क्रममा अध्यक्ष उपे्रतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरु समेत पेश गरेका थिए ।

छलफलका क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताए । सैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुको सम्वद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गरे । श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे । यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई पश्रय दिनुपर्ने बताए ।

छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block