काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति १७९ औँ बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात् कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।




















