काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर १०९ स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । ६ स्थानमा रास्वपा विजयी भइसकेको छ । कुल १५९ स्थानको मतगणना भइरहेको छ ।
रास्वपापछि नेपाली काँग्रेसले १० स्थानमा अग्रता लिएको र दुई स्थानमा विजयी भइसकेको आयोगले जनाएको छ ।
नेकपा एमालेले १३ स्थानमा अग्रता, नेपाली कम्युनिष्ट पार्टीले १० स्थानमा अग्रता र एक स्थानमा विजयी भइसकेको छ । श्रम संस्कृति पार्टीले ६ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।
यस्तै प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रले अहिलेसम्म एक/एक स्थानमा अग्रता लिइरहेका छन् ।






















