काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनाको नतीजा आउनेक्रम जारी रहेको छ । जसअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १८ स्थानमा जीत हासिल गरिसकेको छ ।
निर्वाचन आयोगका अनुसार मोरङ ४ मा सन्तोष राजवंशी (४०,८३३) मोरङ ६ मा रुविना आचार्य (५५,५१३), धनुष ३ मा मनिष झा(४३, ९८८), महोत्तरी १ माप्रमोद कुमार महतो(३४, ६३६), काठमाडौं १ मा रञ्जु दर्शना न्यौपाने(१५, ४५५), काठमाडौं ३ मा राजुनाथ पाण्डे (१८, ७५७), काठमाडौं ४ पुकार बम (२१, १४२), काठमाडौं ५ मा सम्ति पोखरेल(३०, ७३७), काठमाडौं ७ मा गणेश पराजुली (२७, ८०५), काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ(२४, ५९२), काठमाडौं ९ मा डिपी अर्याल(३५,०९३), काठमाडौं १० मा प्रदिप विष्ट(३७, ४६९), कास्की २ मा उत्तम प्रसाद पौडेल(३१,९११), कास्की ३ मा बिना गुरुङ (३७, ७५०), स्याङजा १ मा धनञ्जय रेग्मी (२९, ०७१), रुपन्देही ४ मा कन्हैया बानिया (२८, ०६६), बाँके १ मा सुरेश कुमार चौधरी (३२, ७९२) र बाँके ३ मा खगेन्द्र सुनार (२९, ५५१) मतसहित विजयी भएका छन् ।
१६१ मध्ये ९९ स्थानमा रास्वपाले अग्रता लिइरहेको छ ।






















