धादिङ । आफ्नो जन्मोत्सवका अवसरमा विद्यालयका प्रअद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरी सहयोग गरिएको छ । धादिङको गजुरी गाउँपालिका वडा नं–५ कर्कलेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शिव प्रसाद न्यौपानेको जन्मदिनको अवसरमा उक्त सहयोग गरेका हुन् ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा ५० जना विद्यार्थीलाई पोसाक (ट्रयाक सुट) वितरण गरिएको हो ।

कार्यक्रममा गजुरी गाउँपालिका वडा नं.१, ५ र ७ का वडाअध्यक्षहरु तारानाथ भण्डारी, गोविन्द लामिछाने, बद्री प्रसाद जम्कटेलको उपस्थिति रहेको थियो । त्यस्तै शिक्षा अधिकृत सन्तोष पौडेल, स्रोत व्यक्ति सुजन भण्डारी, प्राबिधिक सहायक शंकर बोहरा, योजना शाखा प्रमुख पुजन अधिकारी लगायत गाउँपालिकाका अधिकारीहरु, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरुसहित १५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा सामाजिक कार्य गर्ने विद्यालयका प्रधानाध्यापक शिव प्रसाद न्यौपानेलाई गाउँपालिकाका अध्यक्ष श्रेष्ठले दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।
























